नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित
वि.सं.२०७९ फागुन १६ मंगलवार १६:०३
shares

काठमाडौं, १६ फागुन । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो जिन निकालेको छ । मंगलबार भएको भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो जित निकालेको हो ।
मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा ग¥यो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भएको थियो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेश कँडेलले ४ विकेट लिए । त्यस्तै आकाश चन्दले ३ विकेट लिए । मिलन बोहराले २ र सुवा भण्डारीले १ विकेट लिए ।
अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्व कपमा छनोट हुनेछ । यसअघि नेपालले सन् २०१६ मा विश्व कपमा स्थान बनाएको थियो । १९ वर्षमुनिको विश्व कप आउँदो वर्ष श्रीलंकामा हुँदैछ । यो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।















