Dhulikhel Eco Banner new

उद्योगी व्यवसायीद्धारा होलीको शुभकामना आदानप्रदान

8.93K
shares

काठमाडौं, २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीहरुले होलीको शुभकामना आदानप्रदान गरेका छन् । महांघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदावर मनिषलाल प्रधानको समूहरुले आयोजनामा शुभकामना आदानप्रदान गरिएको छ ।

पछिल्लो समय व्यवसायीहरु चुनावका केद्रित हुन थालेका छन् । महासंघको नेतृत्वमा दावी गरिरहेकाहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेको देखिन्छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ वस्तुतग तर्फका उपाध्यक्ष प्रधान सहित अन्य उम्मेदवारहरुको पनि सहभागिता रहेको नेपाल कुचो संघको अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।

कार्यक्रम सालिन र भव्य रुपमा सम्पन्न भएको उनले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, निर्वतमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व उपाध्यक्ष किशोर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।