Dhulikhel Eco Banner new

उपराष्ट्रपतिमा गठबन्धन उम्मेद्वार रामसहाय यादव निर्वाचित

11.47K
shares

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिमा गठबन्धनका उम्मेद्वार जनता समाजवादी पार्टी जसपाका नेता रामसहाय यादव विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए । यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे ।

त्यस्तै जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत प्राप्त गरेकी छन् । रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मत पाइन् ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।