Dhulikhel Eco Banner new

कांग्रेसले तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेद्वार बनाउने

4.25K
shares

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले तनहुँ १ मा नेता गोविन्द भट्टराईलाई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई तनहुँ १ को उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।

उनले भने ‘यो बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र १ को उप निर्वाचन हुदैँछ वैशाख १० मा, त्यसका लागि पार्टीको तर्फबाट उम्मेद्वार चयन गर्ने निर्णय गरेको छ । तनहुँ क्षेत्र नम्बर एकमा पार्टी केन्द्रीय सदस्य नेविसंघ पूर्व सभापति गोविन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरे संगसंगै चितवन क्षेत्र नम्बर २ उपनिर्वाचन पार्टीका पूर्व चितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।’

यस्तैे बारा २ को विषयमा भने कांग्रेसले ठोस निर्णय नगरेको उनले बताए । १९ गते बस्ने केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बसेर टुङ्ग्याउने निर्णय भएको समेत उनको भनाई छ ।