Dhulikhel Eco Banner new

मेरै कार्यकालमा मिटरब्याजको समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

3.98K
shares

काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका मिटरब्याज पीडितसँग भेट गर्ने क्रममा प्रधानमन्त्री दाहालले मिटरब्याजी पीडितको समस्या काननू बनाए दिर्घकालीन रुपमै समाधान गर्ने बताए । मिटरब्याज सामान्तवादको अवशेष रहेको बताउँदै उनले यो लडाई सबैले जित्नु पर्ने उनको भनाई थियो ।
उनले भने,‘मिटरब्याज पीडितको समस्या गम्भिर छ । यो मद्धा ठुलो र जित्नै चुनौती हामीसँग छ । मिटरब्याज समान्तवादको अवशेष हो । यो लडाई मेरै कार्यकालमा जित्नुपर्छ । दीर्घकालिन रुपमा यो समस्या समाधान गर्न कानून नै बनाउनु पर्छ । यसको तयारीमा सरकार छ । तपाईहरु समहति गरेर मात्रै यहाँबाट जानु होला ।’
भेटका क्रममा पीडितले प्रधानमन्त्री दाहाल समक्ष आफ्ना पीडा राखेका थिए । यसक्रममा कतिपय पीडत भक्कानिएका थिए । पीडा सुनेपछि प्रधानमन्त्री दाहालले कानून बनाएर दीर्घकालीन रुपमै समस्याको समाधान गर्ने आश्वासन दिए ।