Dhulikhel Eco Banner new

विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच सहकार्य

3.95K
shares

काठमाडौं, २२ चैत । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच एक आपसमा सहकार्य गर्ने सहमति भएको छ । कलेजका व्यवस्थापन विभागमा स्नातक अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर क्यापिटल र कलेज बीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कलेजका विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पुँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता गरिएको छ । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।