यो गठबन्धन पाँच बर्ष टिक्छ : नेता पौडेल
वि.सं.२०७९ चैत २३ बिहीवार १७:३०
shares

काठमाडौं, २३ चैत । नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले यो गठबन्धन पाँच बर्ष टिक्ने बताएका छन् । प्रतिनिधि सभाबाट बाहिरिने क्रमम संचारकर्मीसंग कुरा गर्दै पौडेलले यहीँ गठबन्धन पाँच बर्षसम्म टिक्ने दाबी गरेका हुन् ।
‘प्रधानमन्त्री चेन्ज होला तर अहिले पेश गरेको नीति तथा कार्यक्रम चै कन्टिन्यू रुपमा अघि बढ्छ ।’ उनले भने ‘ म यहाँ के राख्न चाहान्छु भने अलि अलि असन्तुष्टि छन् । होलान् तर गठबन्धन निरन्तर चल्छ ।’
सरकारले जनमत नै गठबन्धन सरकार चलाउने गरी दिएको भन्दै उनले त्यसको विकल्प नभएको जिकिर गरे । संसद पुरै कार्यकाल चलाउनको लागि पनि यो गठबन्धनको विकल्प नभएको उनको भनाई छ ।
त्यस्तै उनले सम्बन्धित दलले मन्त्रीको नाम नदिएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको दाबी गरे ।



















