Dhulikhel Eco Banner new

बैमानहरुलाई ठेगान लगाएर अघि बढ्छु : रवि लामिछाने

5.77K
shares

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू नजिकका मानिसहरू समेत ढाकाकुमार काण्डमा मुछिएपछि, उनीहरूलाई समेत ठेगान लगाएर अघि बढ्ने बताएका छन्।

चितवनमा आयोजित चुनावी अभियानका क्रममा उनले सँगैहिँडेका साथीहरू बैमान निस्किएको भए उनीहरूलाई पनि ठेगान लगाएर अघि बढ्ने बताए । उनले भने ‘संगै हिँडेका साथीहरू बैमान निस्किएछन् भने ती बैमानहरुलाई ठेगान लगाएर पनि म यो यात्रालाई अघि बढाउने छु ।’

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडियो सार्वजनिक भएपछि उनले पार्टी विरुद्ध अहिले चौतर्फी हमला भइरहेको आरोप लगाएका छन् । तर सबै समस्याहरूसँग जुधेर अघि बढ्न आफू तयार रहेको उनले बताए । उनले भने ‘लडेको देख्नु होला, मरेको देख्नु भएको छैन् । त्यसैले यो जिउँदो मान्छे हो ।’