नीति तथा कार्यक्रम कर्मकाण्डी नभएको प्रधानमन्त्री दाहालको दाबी
वि.सं.२०८० जेठ ९ मंगलवार १६:३४
shares

काठमाडौं ९, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी नभएको दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको मंगलबार राष्ट्रिय सभामा जवाफ दिदैं प्रधानमन्त्री दाहालले कार्यक्रम परम्परावादी नभएको जिकिर पनि गरे ।
उनले भने ‘ विगतदेखि सञ्चालन हुँदै आएका महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिनुका साथै जनतासंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न नयाँ कार्यक्रम प्रस्ताव गरिएका छन् । कतिपयले यहि पुरानै फेरि कर्मकाण्डी परम्परावादी भनेको सुने, मलाई अलिकति नमिठो लागेको छ । हामीले नयाँ कार्यक्रम नै राखेका छौं कुनै परम्परागत र कर्मकाण्डी हैन । ’
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा राजनीतिक पूर्वाग्रह नराखिएको जिकिर गरे । विगतदेखि राष्ट्रपति वा प्रधानमन्त्रीको नामसँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा रोजगार क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।


















