GBIME

नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री चौधरी

1.01K
shares

काठमाडौं, १३ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद पूर्वमन्त्री मेटमणि चौधरीले नीति तथा कार्यक्रम माथिको छलफल औचित्यहीन भएको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका उनले नीति तथा कार्यक्रम तय गरेर त्यसमाथि छलफल गर्नुको औचित्य नभएको जिकिर गरे ।

उनले भने,‘पहिले छलफल गरेर नीति तथा कार्यक्रम तय हुनु पर्नेमा नीति तथा कार्यक्रम ल्याएर छलफल गर्नु बच्चा जन्मिएपछि बच्चा जन्माउनेबारे भएको छलफल जस्तो भएको टिप्पणी गरे । उनले भने ‘मलाई के लाग्छ भने छोरा छोरी जन्मिसकेको छ, आज हामी छोरी जन्माउने विषयमा छलफल गरिरहेका छौं ।’

उनले छलफलमा सांसदहरुलाई समय निर्धारणमा गरिएको विभेदप्रति समेत असन्तुष्टि पोखे ।