GBIME

नेपाली जनताले परम्परागत कृषिलाई छोडेर नगदे बालीमा ध्यान दिनुपर्छ : सांसद अन्सारी

702
shares

काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टी जसपाकी सांसद मञ्जु शर्मा अन्सारीले नेपाली जनताले परम्परागत कृषिलाई छोडेर नगदे बालीमा ध्यान दिनुपर्ने बताएकी छिन् । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा आर्थिक संकट छाएको हुनाले यस्तो अवस्थामा परम्परागत कृषिलाई छोडेर नगदे बाली तर्फ लाग्नुपर्ने बताइन् ।

उनले भनिन्, यो देश कृषिप्रधान देश भएको हुनाले हामीले परम्परागत कृषिलाई छोडेर नगदे बालीमा ध्यान दिनुपर्छ । यसले अर्थसंकलनमा मद्दत गर्न सक्छ । कृषिलाई पनि टेवा पु¥याउछ, घर घरमा मल निमार्ण गर्नको लागि टेन्डरको व्यवस्था गर्ने जसले गर्दा मलको लागि सहज हुन्छ । ’
सांसद अन्सारीले बन्द गरेको उद्योग खोल्ने सरकारको प्रतिबद्धताको प्रशंसा पनि गरिन् ।

उनले मधेशमा महिलाहरुको लागि महिला स्कुलको निमार्ण गर्ने र तेस्रो लिङ्गीहरुको लागि सम्मान साथ समाजमा बस्न पाउने व्यवस्था गर्न पनि सरकारसंग माग गरिन् ।