शरणार्थी प्रकरणको छानविन पहिल्यै सुरु भएको थियो मैले त्यसलाई अघि बढाएको मात्रै हुँ : प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० जेठ १३ शनिवार १६:५६
shares

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नक्कली भुटानी शरणार्थी प्रकरण अहिलेको सरकारको पालामा सुरु भएको नभई पहिल्यै सुरु भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसअघि नै अनुसन्धान अघि बढेको विषयलाई निर्दोस नफस्ने र दोषि नबच्ने गरी आफूले काम थालेको बताए ।
उनले भने, ‘यो अलि पहिलाबाट चल्दै आएको विषय रहेछ । यो सरकारको अनुसन्धान पनि होइन। यो सरकारको पालामा सुरु भएको कुरा पनि होइन। सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान भएको पनि होइन । हिँड्दै जाँदा देखा प¥यो । त्यसलाई ह्याण्डल गर्ने भन्ने चुनौती सरकारको अगाडी थियो मैले यो विषयमा कोही पनि दोषी उम्कन नपाउँन र निदोस कोही नपरुन भन्ने मान्यताको आधारमा निर्देशन दिएको हुँ अहिले पनि त्यही कायम छ । ’
उनले अहिले प्रहरीबाट अदालतमा पुगिसकेकाले यो विषय अदालतबाट दूधको दूध पानीको पानी हुने विश्वास व्यक्त गरे । राजस्व, सम्पति सुदृढिकरण जस्ता सबै कुरामा सरकारको ध्यान पनि उनले बताए ।


















