Dhulikhel Eco Banner new

बचतकर्ताको ६० लाख लिएर फरार सहकारी सञ्चालकलाई बचतकर्ताले नै गरे पक्राउ 

10.3K
shares

काठमाडौँ, ८ असार । एक वर्षदेखि बचतकर्ताका ६० लाख पैसा लिएर फरार रहेका सहकारीका अध्यक्ष यादव पक्राउ परेका छन् ।  उनलाई बुधवार जनकपूरबाट पक्राउ गरिएको हो ।

धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ४२ वर्षीय अध्यक्ष रामबाबु यादवलाई बचकर्ताहरुले बुधवार जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पक्राउ परेका सहकारीका अध्यक्ष यादव र बचकर्ताहरुबीच छलफल भएको छ । सहकारी अध्यक्ष यादवले छलफलमै १० हजार रुपैयाँसम्म जम्मा गरेका वचकर्तालाई नगद नै फिर्ता गरेका छन् । त्यो भन्दा माथिको वचकर्तालाई साउन मसान्त भित्र बचत रकम फिर्ता गर्ने लिखित सहमति भएको डिएसपी गौतमले बताए ।

स्थानीयका अनुसार उनले सबैला, खरीहानी, ठिल्लामा बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट विगत १ वर्ष देखि झन्डै ६० लाख रकम लिएर फरार भएका थिए ।

लामो समयदेखि बचतकर्ताको खोजीमा रहेका अध्यक्ष यादव जनकपुरमै आफ्नै आफन्तको घरमा बसिरहेको थाहा पाएपछि सयौँको संख्यामा आएका बचतकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।