Dhulikhel Eco Banner new

आजपनि स्थिर रह्यो अमेरिकी डलरको मूल्य, कुन देशको विनिमय दर कति ?

4.84K
shares

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ । जसअनुसार आज, जसअुनसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर छ ।

आजपनि स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १६७ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रि दर ८८ रुपैयाँ रहेको छ ।