Dhulikhel Eco Banner new

लघुवित्तको सुरक्षामा गृहको चासो, ग्लोबल आइएमईको बोर्ड च्यात्ने पक्राउ

50.45K
shares

काठमाडौं, १३ असार , पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु माथि भइरहेको आक्रमणका विषयमा गृहमन्त्रालयले चासो दिन थालेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कानूनी रुपमा दर्ता भएर चलेका कुनै पनि संस्थाहरुका विरुद्धमा हुने गैर कानूनी क्रियाकलाप रोक्न निर्देशन समेत दिएको छ ।

मन्त्रालयको निर्देशन पछि प्रहरीले पनि लघुवित्त संस्थाहरु माथि आक्रमण गर्ने कसैलाई पनि नछाड्ने नीति लिएको छ । मंगलबारमात्रै लघुवित्त संस्था माथि आक्रामण गर्ने रुकुम रुकुमका महेश बस्नेत र कुबेर ओली पक्राउ परेका छन् । उनीहरुले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको रुकुम शाखाको बोर्ड भत्काउने तथा कार्यालयमा ताला लगाउने कार्य गरेका थिए । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।