खप्तड लघुवित्त धौलागिरीमा गाभियो, २० गते एकिकृत कारोबार
वि.सं.२०८० असार १३ बुधवार ०८:१६
4.04K
shares
shares
File Picture
काठमाडौं, १३ असार । खप्तड लघुवित्त वित्तीय संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थामा गाभिएको छ । यि दुई संस्थाहरु गाभिएर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।
दुई संस्थाहरु गाभिएर बन्ने धौलागिरी लघुवित्त वित्तीय संस्थाले आगामी २० गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्ने केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।














