Dhulikhel Eco Banner new

महादेव गुफालाई कृषि विकास बैंकको साढे दुई लाख सहयोग

6.68K
shares

काठमाडौं, १३ असार । कृषि विकास बैंकले महादेव गुफा समितिलाई सहयोग गरेको छ। बैंकको कटारी शाखाले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कटारी ३ मा रहेको महादेव गुफा मन्दिरमा स्नानगृह तथा शौचालय निर्माणका लागि २ लाख ५० हजार सहयोग प्रदान गरेकोे छ । मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रत्न सुनुवारलाई चेक हस्तान्तरण गरेको थिए ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उपमाहाप्रवन्धक सुवेदीले बैंकले सहरदेखि गाउँसम्म अत्याधुनिक बैकिङ सुविधा प्रदान गर्दै आएको बताए । उनले बैंकले अन्य स्थानीय स्तरमा समाजिक उतरदायित्वका कार्यक्रम गरी समाजसँग जोडिरहेको र भविष्यमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाउने आश्वासन समेत दिए।

उक्त कार्यक्रममा बैंक उपमाहाप्रवन्धक प्रताप सुवेदी, कोशी प्रदेश कार्यालयका निर्देशक रन्जन खनाल, कोशी प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख केदार अधिकारी, शाखा कार्यालय कटारीका प्रवन्धक ज्ञानेन्द्र बहादुर दाहाल, बैंकका कर्मचारी, मन्दिर व्यवस्थापन समितिका पदाधीकारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।