GBIME

सफल मर्जर गराएका धौरागिरी लघुवित्तका सीईओ बोहरा सम्मानित

14.18K
shares

काठमाडौं, २० असार । धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा सम्मानित भएका छन् । बुधबार खप्तड लघुवित्त वित्तीय संस्था र धौलागिरी एक आपसमा मर्ज भएर एकिकृत कारोबार सुरु भएको छ । उक्त एकिकृत कारोबार समारोहमा सीईओ बोहरालाई धौलागिरी लघुवित्तले सम्मान गरेको हो ।

सीईओ बोहरा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्ष समेत हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थामा सफल नेतृत्व गरेको तथा मर्जर सफल बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै बोहरालाई संस्थाले सम्मान गरेको हो ।

बुधबार आयोजित विशेष समारोहमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयकी निर्देशक आर्या जोशीले बोहरालाई संस्थाको तर्फबाट प्रशंसा पत्र र खादाले सम्मान गरिन् । एकिकृत कारोबार शुभारम्भ भएसँगै बोहरा संस्थाबा बिदा समेत भएका छन् । मर्जर पछि उनले संस्थाबाट अवकास लिएका हुन् ।