Dhulikhel Eco Banner new

पुवा खोला–वान हाइड्रोपावरको आईपीओ आउदै

3.59K
shares

पुवा खोला–वान हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । पुस २६ गते बस्ने सभामा आईपीओ निष्कासन गर्दा सर्वसाधारणका लागि बिक्री गरिने सेयर र संस्थापक सेयरको अनुपातलाई फेरबदल गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभामा हाल भएका सञ्चालक समितिको फेरबदल गर्ने, स्वतन्त्र सञ्चालक मनोनयन गर्ने, आयु मलुन खोला जलविद्युत आयोजना (२१ मेगावाट) को विद्युत उत्पादन निर्माण कार्य सुरु गर्न आवश्यक पर्ने रकम, प्रमोटर सेयर, सेयर निष्कासन सम्बन्धी विविध कार्यहरु, जग्गा अधिकरण, निर्माण कम्पनी छनोट तथा अन्य सरकारी तथा गैर सरकारी निकायमा गई आवश्यक काम कारबाही गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि बाँकी प्रकृया अघि बढ्ने कम्पनीले जनाएको छ ।