प्याजको प्रतिकिलो ९०, रातो आलु ३४ रुपैयाँ (तरकारीको मूल्यसूची)
वि.सं.२०८० पुस २३ सोमवार १०:१३
shares

काठमाडौँ, २३ पुस । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम ९५ रुपैयाँ रहेको बताएको छ। चिनियाँ सुकेको प्याजको न्यूनतम मूल्य ६० रुपैयाँ र अधिकतम ६५ रुपैयाँ छ।
नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैँया रहेको छ।
समितिको सोमबारको मूल्यसूचीअनुसार भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ।
स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १० र अधिकतम १८ रुपैयाँ छ।
टनेलको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम २२ रुपैयाँ छ।
तराईको सानो गोलभेँडाको मूल्य प्रतिकिलो १५ र अधिकतम २५ रुपैयाँ छ।
रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३४ र अधिकतम ३६ रुपैयाँ छ। भारतीय रातो आलुको मूल्य भने केही सस्तो छ। भारतीय रातो आलुको मूल्यको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ३२ रुपैयाँ छ।
तरकारीको मूल्यसूची

















