माउण्टेन ईनर्जी नेपालले १५ प्रतिशत वोनस शेयर दिने, कस्तो छ कम्पनी ?
वि.सं.२०८० पुस २३ सोमवार १०:३९
shares

काठमाडौँ, २३ पुस । माउण्टेन ईनर्जी नेपाल लिमिटेडले बनोस शेयर दिने भएको छ । पुस २२ गते बेलुकि ५ बजे बसेको १०६ औँ सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९–०८० को वित्तीय विवरण परित गरी शेयरधनीलाई १५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभां गर्ने समेत निर्णय भएको कम्पनीका सचिव सम बहादुर भट्टले जानकारी दिए ।
बोनस शेयर र नगद लाभांस वितरणको निर्णयलाई विद्युत नियमन आयोगले स्वकृति पश्चात आगामी साधारणसभामा उक्त प्रस्ताव पेश गर्ने समेत कम्पनी सचिव भट्टले जानकारी दिएका छन् ।
कस्तो छ कम्पनी ?
कम्पनीले २०७५ सालमा ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता सर्वसाधरणको लागि साधरण शेयर (आईपीओ) निष्कासन गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० मा ६१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६३३.८२ प्रतिशतले बढेको थियो । कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ भएको छ। समीक्षा अवधिमा कम्पनीले मिस्त्रीखोला आयोजनाबाट १ अर्ब ७ करोड ७८ लाख रुपैयाँ र टाँडीखोला आयोजनाबाट १५ करोड ६६ लाख रुपैयाँ बढी आम्दानी गरेको हो।
चुक्तापुँजी १ अर्ब ९६ करोड रहेको कम्पनीको रिटेन अर्निङमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७६ रुपैयाँ पुगेको थियो । प्रतिसेयर नेटवर्थ १५१.३९ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २५.२५ गुणा रहेको थियो ।


















