Dhulikhel Eco Banner new

१० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० नेप्सेमा सूचीकृत

3.93K
shares

काठमाडौँ, २३ पुस । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बीच १० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक व्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० ऋणपत्रको कूल ३० लाख कित्ताको सुचिकरण गर्ने समझौता सम्पन्न भएको छ ।

जस अनुसार क्रम संख्या १ देखि ३० लखा सम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रहेको छ । कम्पनीको सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मार्फत खुल्ला विक्री आव्हान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति पुस १ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएकोे छ ।

भोलिबाट कम्पनीको १०प्रतिशत वार्षिक व्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० डिबेन्चररऋणपत्र को दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

बैंक १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्गमा १६ लाख ९६ हजार ग्राहक छन् ।