GBIME

केन्द्रिय राजधानी संग जोडीएपनि पिछडीएको धुनिबेशी

876
shares

काठमाडौ, १८ वैशाख । धुनिबेसी नगरपालिका नेपालको सबै भन्दा कान्छो नगरपालिका हो । यो केन्द्रिय राजधानी संग जोडीएर पनि पिछडीएको र शिक्षाको हिसाबमा पनि साक्षरता कम भएको क्षेत्र हो । नगर प्रमुख बालकूष्ण आर्चाय ले बताएका छन् । अहिले सम्म पनि काठमाडौं उपत्यकाका तिन ओटै जिल्लाको सबै फोहोर फाल्ने गरिन्छ ।

विकासको हिसाबमा तिन ओटा राष्ट्रिय सडक सञ्जालमा जोडीएको जिल्ला हो । यो सबै भन्दा पछि २०७३ साल चैत्र ३० गते नगरपालिका घोषणा भएको थियो । घोषणा भएपछि २०७३ चैत्र ३१ गते हामी निर्वाचनमा गएका थियौ । हामी सरकार जानु भन्दा अगाडी एक मिटर पनि कालो पत्र भएको थिएन् , एक घर एक धारा पनि थिएन् , विजुल्ली बत्ती पनि ३० प्रतिशत घरमा पुगेको थिएन् अहिले सबै नगरबासीले सेवा सुविधा पाएका छन् । उनले भने पुरा नगरपालिकामा एउटा पनि एम्बुलेन्स थिएन् अहिले चार ओटा एम्बुलेन्स उपलब्ध छन् त्यसमा वृद्ध , गर्बभती महिलालाई छुट र अरु नागरिकालाई प्रति ब्यक्ति एक हजार लिएर सेवा सुविधा दिइएका छौ ।

हामीले चार बर्ष सम्म फिरी ल्याबको सुबिधा पनि दिइएका थियौ , अहिले पनि टेकु हस्पिटल भन्दा कम पैसा लाग्ने गरि हामीले महिला ,वृद्ध , बालबच्चालाई सेवा सुृविधा दिइएका छौ । त्यस्तै सडक पुर्वाधारमा पहिलाका तिन मिटरको बाटोहरु लगाएत २१८ ओटा सडक कालोपत्र र डलानको काममा पुगेका छन् । घर टाडा हुने विद्दायार्थीका लागी हामिले आवसीओ शिक्षा पनि लागु गरेका छौ ।

बेवारिसे, कसैले नहेरेका मान्छेलाई हामीले भजन किर्तन नर्सिङ सेवासहित वृद्धाआश्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौ । हामीले थुप्रै विकास पुर्वाधारका निमार्णहरु हामीले जनताको आवश्यकता र थोरै लगानी र धेरै जनताले उपभोग गर्न सक्ने विकास गरेका छौ ।

उनले भने हामि महानगर जस्तो ठुलो बजेट ल्याउँने नगरपालिका हैनै त्यसकारणले सबै पुरा गर्न सक्ने र जनताले अपेक्षा गरेका सर्बै पुरा गर्न सक्ने त त्यो सम्भव नै छैन भनेका छन् । अनि हामि एउटा हस्पिटलको तयारि गरिरहेका छौ ।