मुगु जिल्लामा पहिलो पटक शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम
वि.सं.२०८१ जेठ ७ सोमवार ११:५७
shares

काठमाडौँ, ७ जेठ । मुगु जिल्लामा पहिलो पटक खत्याड गाउँपालिका वडा नः ३ श्री कालिका माबि बुगाले विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सामाग्री बनाउनका लागी विद्यार्थी तथा शिक्षकले मिलेर जिल्लाकै पहिलो विज्ञान शैक्षिक सामाग्री प्रदर्शन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर साही विशेष अतिथिमा खत्याड गाउँ पालिका उपाध्यक्ष सरिता रोकाया र एघार वटा वडाका वडा अध्यक्ष र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अन्य विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिका र विद्यार्थी हरुको उपस्थिति मा सम्पन्न भयको विद्यालयका प्रशिक्षक गजेन्द्र उपाध्यायले जनकारी दिए ।
सम्पूर्ण प्रमुख अतिथि लगायत सम्पूर्ण स्थानीय जनप्रतिनिधिले यस्ता कार्यक्रम सबै बिद्यायालयमा हुनुपर्ने र यस्ता कार्यक्रमले विद्यार्थीमा नयाँ ज्ञानको थालनि हुने बताए ।

















