Dhulikhel Eco Banner new

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा

3.17K
shares

काठमाडौं,७ मंसिर । युनइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ४ प्रतिशत बोनस शेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।