मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर ९ आइतवार ११:३५
shares

काठमाडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बोनस सेयर वितरणपश्चात कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड १२ लाख ३५ हजार रुपैयाँ वृद्धि हुनेछ । गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०५ रुपैयाँ छ ।














