एकैदिन प्रतितोला १ हजार ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ९ आइतवार ११:०९
3.68K
shares
shares

काठमाडौं, ९ मंसिर । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ६५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार ७ सयले बढेर तोलामा १ लाख ६७ हजार २ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १ हजार ९६० रुपैयाँमा कायम भएको छ ।














