Dhulikhel Eco Banner new

यस्तो छ बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर

2.35K
shares

काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा स्थिर हो।

 युरोपियन युरो एकको खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.०६ रुपैयाँ र बिक्रीदर १७६.८१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५५.४५ रुपैयाँ र बिक्रीदर १५६.१२ रुपैयाँ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७.९४ रुपैयाँ र बिक्रीदर ८८.३२ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९७.११ रुपैयाँ र बिक्रीदर ९७.५३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.०५ रुपैयाँ र बिक्रीदर १०४.५० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ निर्धारण गरिएको छ ।