Dhulikhel Eco Banner new

एक महिनाभित्र सीडी रेसियो ९० प्रतिशतमा झार्न राष्ट्र बैंकको निर्देशन

4.89K
shares

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमा झार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीडी रेसियो तोकिएको सीमा भित्र राख्न एक महिनाको समय सीमा नै तोकिदिएको एक बैंकको सीईओले जानकारी दिए ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव हुँदा सीडी रेसियो पनि उच्च भएको थियो । अहिले पनि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि छ । राष्ट्र बैंकले सबै बैंकका सीईओहरुलाई एक महिनाभित्र ९० प्रतिशत कायम गर्न निर्देशन दिएको हो ।

असार महिनाभित्रै सीडी रेसियो ९० प्रतिशतमा नझारे कारबाहीको चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।