नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाइँ बढुवा
वि.सं.२०८२ जेठ २३ शुक्रवार ०९:३४
shares

काठमाडौं, २३ जेठ । नबिल बैंकले आदर्श बजगाइँलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ। बैंकको बिहीवार सम्पन्न सञ्चालक समिति बैठकले बजगाइँलाई बढुवा गर्ने निर्णय गरेको हो।
बजगाइँ हालसम्म नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए। असार १ गतेदेखि लागू हुने गरी उनलाई नयाँ जिम्मेवारी दिइएको बैंकले जनाएको छ।
बजगाइँले आफ्नो बैंकिङ यात्रा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेका थिए। नबिल बैंकको पुनर्संरचना प्रक्रिया सुरु हुँदै गर्दा २०७६ सालको कात्तिक महिनामा उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट नबिलमा आबद्ध भएर काम थालेका थिए।
छ वर्षको अविचल सेवा र नेतृत्व क्षमताको मूल्यांकन गर्दै बैंकले उनलाई महत्वपूर्ण जिम्मेवारीमा अगाडि बढाएको हो। बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बजगाइँ अब नबिल बैंकको रणनीतिक निर्णयमा झनै सक्रिय भूमिका खेल्नेछन्।

















