Dhulikhel Eco Banner new

सानो मिल्ती खोला हाइड्रोको असार १९ गते साधारणसभा

5.5K
shares

काठमाडौं, ४ असार । सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले असार १९ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभा एमसी डोनाल्ड ब्यांक्वेट एण्ड रेष्टुरेन्ट, मिड बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७८÷७९ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७६÷७७ को साधारण सभा समेत यसै वार्षिक साधारण सभाबाट पारित गर्ने, सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्ताव समेत उक्त सभाले पारित गर्नेछ ।