Dhulikhel Eco Banner new

पेट्रोलियम मूल्यमा भारी वृद्धि

2.29K
shares

काठमाडौं, १६ असार । पेट्रोलियम पदार्थको मूल्यमा पुनः उच्च वृद्धि भएको छ। नेपाल आयल निगमले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मूल्य समायोजनको जानकारी दिएको हो।

निगमका अनुसार, नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ। पेट्रोल प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँको बढोत्तरी गरिएको छ।

त्यसैगरी, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि लाग्ने हवाई इन्धनमा प्रतिकिलोलिटर ६० अमेरिकी डलर थपिएको छ।