एलजी नेपालद्वारा Affectionate Intelligence सार्वजनिक, मानव–केन्द्रित एआईको नयाँ युगको सुरुवात
वि.सं.२०८२ असार १६ सोमवार १८:००
shares

काठमाडौं, १६ असार । एलजी नेपालले आफ्नो नवीनतम अवधारणा Affectionate Intelligence सार्वजनिक गर्दै प्रविधि र मानिसबीचको सम्बन्धलाई अझ नजिक बनाउने दिशामा एक नयाँ कदम चालेको छ।
जुन २७ र २८ गते काठमाडौंमा आयोजित दुई दिने विशेष कार्यक्रममा एलजीले प्रविधिमा भावनात्मक समझदारी र संवेदनशीलता समावेश गर्दै कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई अझ मानवीय बनाउने उद्देश्यसहित आफ्ना आगामी प्रविधिहरू प्रदर्शन गरेको हो।
पहिलो दिन देशभरका डिलरहरूका लागि समर्पित कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन सर्वसाधारण, मिडियाकर्मी तथा सामाजिक सञ्जाल प्रभावशालीहरू (इन्फ्लुएन्सर) का लागि कार्यक्रम खुला गरिएको थियो।
एलजीको “Affectionate Intelligence” भन्ने अवधारणा अनुसार, एआई केवल छिटो र चतुरो मात्र होइन, संवेदनशील, उत्तरदायी र प्रयोगकर्ताको भावना बुझ्न सक्ने हुनुपर्छ। एलजीले भविष्यमा ल्याउने आफ्ना उत्पादनहरूमा यिनै गुणहरू समावेश गर्ने प्रतिबद्धता जनाएको छ।
यसै अवसरमा एलजीले नेपालमा आफ्नो ४० वर्षे सफल यात्राको उत्सव पनि मनाएको छ। सन् १९८८ मा चौधरी ग्रुपसँगको सहकार्यमा नेपालको बजारमा प्रवेश गरेको एलजी आज नेपाली घरपरिवारको रोजाइको ब्रान्ड बनेको छ।
कार्यक्रमलाई विशेष बनाएको अर्को पक्ष भनेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको गरिमामय उपस्थिति थियो। उनले एलजीसँगको साझेदारीको सुरुवाती दिन सम्झँदै डिलर, साझेदार र उपभोक्ताहरूलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो, जसमा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक फावियन कुन्हो ली, बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड सुन्घो चुन, र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी रहेका थिए।
दोस्रो दिनको कार्यक्रममा सर्वसाधारणले एलजीको नयाँ एआई प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न पाए। सहभागीहरूले “एआई मिसन च्यालेन्ज” मा भाग लिई रमाइला उपहारहरू पनि जिते।
कार्यक्रमको समापनमा चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भने, “हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं। एलजीले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ। ”
एलजी र चौधरी ग्रुपको सहकार्य झण्डै चार दशकदेखि बलियो रूपमा अघि बढिरहेको छ। सुरुका दिनहरूमा “गोल्ड स्टार” नामबाट चिनिएको एलजी आज नेपाली उपभोक्ताको विश्वास जित्न सफल ब्रान्ड बनेको छ।
“Affectionate Intelligence” कार्यक्रम प्रविधिको मात्र प्रदर्शन होइन, यो प्रविधि, मान्छे र भविष्यप्रतिको समर्पणको उत्सव पनि थियो।

















