Dhulikhel Eco Banner new

शेयर मूल्य बढाउन नसकेपछि कर्नाटका बैंकका सिइओ श्रीकृष्णन शर्माको राजीनामा

2.34K
shares

काठमाडौं, १६ असार । भारतको कर्नाटका बैंकका सिइओ श्रीकृष्णन हरिहर शर्माले पदबाट राजीनामा दिएका छन्। शेयरको मूल्य बढाउन नसकेको कारण उनले पद छाडेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

शर्मा सन् २०२३ मेमा सिइओ नियुक्त भएका थिए, र उनको कार्यकाल सकिन अझै तीन वर्ष बाँकी थियो। उनले कार्यभार सम्हालेदेखि बैंकको सेयर मूल्यमा अपेक्षित सुधार नआएपछि जिम्मेवारी लिँदै पदबाट अलग हुने निर्णय गरेका हुन्।

शर्मासँगै बैंकका कार्यकारी निर्देशक शेखर रावले पनि राजीनामा दिएका छन्। दुबै जनाको राजीनामा कर्नाटका बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। बैंकको नेतृत्वमा अचानक भएको यो परिवर्तनलाई बजारले गम्भीर रूपमा लिएको छ।