Dhulikhel Eco Banner new

एक वर्षमा नेपालबाट २३ करोडको यार्सागुम्बा र १ अर्ब १५ करोडको अम्रिसो निर्यात

1.65K
shares

काठमाडौं, ६ साउन । नेपालले आर्थिक वर्ष २०८१/०८२ मा मूल्यवान जडीबुटी यार्सागुम्बा र अम्रिसो निर्यातबाट उल्लेखनीय विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार नेपालले ५४८ केजी यार्सागुम्बा २३ करोड ७५ लाख रुपैयाँ बराबरमा १० देशमा निर्यात गरेको छ।

यस अवधिमा सबैभन्दा धेरै १२ करोड ९३ लाख रुपैयाँको यार्सागुम्बा हङकङ निर्यात भएको छ। त्यसपछि चीनमा ३ करोड ८४ लाख, सिंगापुरमा १ करोड ८८ लाख, अमेरिका, बेलायत, मलेसिया, जापान, रुस, र थाइल्याण्डमा समेत थोरै परिमाणमा निर्यात भएको तथ्यांकमा उल्लेख छ।

यस्तै, नेपालले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी मूल्यको अम्रिसो भारतमा निर्यात गरेको छ। कुल १ करोड ५१ लाख केजी अम्रिसो भारत पठाइएको हो।