Dhulikhel Eco Banner new

लघु आवास कर्जामा राष्ट्रिय नीतिको आवश्यकता

5.95K
shares

काठमाडौं, ८ असार । नेपाल लघुवित्त बैंक संघको आयोजनामा हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विजनेस पार्टनरसिप प्लेटर्फम कार्यक्रमको सहयोगमा कम आय भएका परिवारहरुलाई लघु आवास कर्जामा पहुँच विषयक एक दिने कार्यशाला गोष्ठी होटल हिमालय, ललितपुरमा ६० भन्दा बढी संस्थाहरुको सहभागीतामा संचालन भएको थियो । उक्त गोष्ठीमा लघुवित्त संस्थाका प्रतिनिधिहरु, विभिन्न  निकायका प्रतिनिधिहरु र नियमक निकाय नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यस गोष्ठीको उद्घाटन सत्रमा आफ्नो मन्तब्य राख्दै नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदुत फेलिसिटी भोल्कले भने “नयां नयां प्रक्रियाहरुको खोज गर्दै समाबेशी उद्यम ब्यवसायहरु संचालन गरी दिगो व्यवसायिक प्रतिफल समेत आर्जन गर्न सकेमा दिर्घकालीन समस्याहरुको समाधान गर्न सकिन्छ ।” महामहिमले अगाडी भने “कम आय भएका परिवारहरुसंग वाणिज्य बैंकहरुमा धितो राखी कर्जा लिन सक्ने अवस्था नहुने भएकाले यी संस्थाहरुले सुरक्षित आवासमा लगानी गर्न धेरै गाह्रो हुने गर्दछ ।

लघुवित्त संस्थाहरुसंग यस्ता परिवार सम्म पुग्ने सन्जाल पर्याप्त भएता पनि आबश्यक प्राविधिक क्षमताकोकमीलेलघु आवास कर्जा सेवा उपलब्घ गराउने उपयुक्त प्रक्रिया नहुन सक्दछ । यस्तो क्षमता अभिबृद्धी गराउनको लागि अस्ट्रेलिया सरकारको व्यवसाय साझेदारी कार्यक्रमले सहयोग गर्दछ ।”
डा. गुनाकर भट्ट, कार्यकारी निर्देशक नेपाल राष्ट्रबैंक, बैक तथा वित्तीय संस्था नियमन विभाग ले आफ्नो मन्तव्यमा नेपाल लघुवित्त बैंकर्स संघ, अस्ट्रेलिया सरकार वैदेशिक सहायता तथा व्यापार, विज्नेस पार्टनरसिप प्लेटर्फम हेबिट्याट नेपालको सहकार्यमा आबास कर्जा प्रवद्र्धनको क्षेत्रमा भएका उपलब्धिहरु सराहनीय भएको भन्दै आगामी दिनमा केन्द्रीय बैंक आबश्यक सहयोग गर्न तथा नीति नियमहरु निर्माणमा सकारात्मक रहेको बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा कम आय भएका परिवारका लागि उपयुक्त र किफायती आवास कर्जाको प्रोडक्ट निर्माण गरी सेवा पुर्याउंदाका सिकाई तथा अनुभवहरु यस गोष्ठीमाआदान प्रदान गरेका थिए ।

जीवन विकासले आफ्नो संस्थाले विकास गरेको आवास कर्जा, ग्राहक केन्द्रीत र
कम आम्दानी भएका परिवारका लागि उपयुक्त रहेको जसले देशको आवास निर्माणको आवश्यकतालाई पूर्ति गर्नमा मद्दत पुगेको कुरालाई जोड दिएकोथियो ।

सन्२०११ को राष्ट्रिय जनगणना अनुसार, नेपालका २ मध्य १ परिवार कम गुणस्तरको असुरक्षित घरमा बसी रहेका छन्। अधिकांश विपन्न परिवारहरुले उपयुत आवास कर्जामा पहुँच पाउन सकेका छैनन्जसको
प्रमुख कारण नियमित आम्दानीको श्रोत र धितोको अभाव रहेको देखिएको छ । शहरी विकास तथा भवन निमार्ण विभागले सन्२०१४ मा तयार पारेको व्यवसायिक योजना अनुसार सन्२०२४ सम्ममा नेपालमा २० लाख घरहरुको आवश्यकता रहेको छ भने त्यसको १ तिहाई माग ग्रामीण क्षेत्रमा रहेको वताइएको छ । हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालले सन् २०२० र २०२१ मा गरेको वजार अध्ययनले कम आय भएका तर लघु आवास कर्जामा पहुँच नभएका परिवारमा यो कर्जा लगानीकोठूलोअवसर रहेको देखाएको छ ।

उक्त अध्ययनका अनुसार ६२ प्रतिशत सहभागीहरुको आगामी २ वर्षमा घर मर्मत वा नयाँ घर निर्माण गर्ने योजना रहेको बताएका थिए भने २६ प्रतिशत सहभागीहरुले आफूले अन्य आयमुलक शिर्षकमा  लिएको ऋणलाई आवास निर्माण तथा मर्मतमा खर्च गरेको बताएका थिए ।

यसबाट पनि लघु आवास कर्जाको अत्यन्त ठूलो माग रहेको देखिन्छ । आवास कर्जाको उपयोगले कम आय भएका परिवारकोधेरै पक्षहरुमा सकारात्मक परिणाम आएको पाइएको छ । हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालका वित्तीय समावेशिकरण विभागका वरिष्ठ व्यवस्थापक
सुनिल खनालका अनुसार हेविट्याट नेपालले गरेको सर्वेक्षणमा आवास कर्जा लिएका ६५ प्रतिशत सदस्यहरुले आँफुले घर बनाएपछि समाजमा मार्यादित र सम्मान पाएको अनुभव बताएका छन्।

करीव ८० प्रतिशत आवास कर्जा लिएका सदस्यहरुले आफ्नो सुरक्षित घर बने पश्चात्विगतमा नगरी नहुनेखर्चहरु जस्तै बारम्बारको मर्मत सम्भार खर्च, औषधी उपचार खर्च कम हुन गई आय बढाउने काममा धेरै समय दिन पाइएको, जसले गर्दा उत्पादकत्वमा बृद्धि आएको देखिएको बताउनु भयो ।

हेविट्याट नेपालले प्राविधिक सहयोग गरेका संस्थाहरुले उनीहरुका ग्राहक वा सदस्यहरुलाई घर मर्मत गर्न, बिजुली बत्ती तथा खानेपानी जडान गर्न, कोठा थप गर्न, नयां घर निर्माण गर्नका लागि सन्२०१९ देखि हाल सम्म करिव ५७,००० लघु आवास कर्जा मार्फत रु. ६ अर्व लगानी गरेका छन्।