चिनियाँ नाका बन्द हुँदा नेपाली व्यवसायी मर्कामा (भिडियो सहित)
वि.सं.२०७९ भदौ २० सोमवार १०:०१
shares

काठमाडौं, २० भदौ । चाडपर्वको मुखैमा चिनियाँ नाकाबाट सामान ल्याउन नपाउँदा व्यवसायी समस्या परेका छन् । कारोना लगायत विभिन्न विषय देखाउँदै चिनले नाकामा कडाइ गरेका कारण व्यवसायीहरु समस्यामा परेका हुन् ।
तत्काल चिनियाँ पक्षले ल्हासा, सिगाछे लगायत नाकामा गरेका कडाइका कारण सामान आउने क्रम ठप्प नै रहेको नेपाल व्यपार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले बताए । लगानी गरेका व्यवसायीहरु इन्तुन चिन्तुको अवस्थामा पुगेको उनको भनाइ ।
चिनबाट सामान आयात गरेर व्यापार गर्ने व्यवसायीहरु निकै तनाबमा रहेको उनको भनाइ छ । सरकारले पनि यसमा खासै ध्यान नदिएको उनले गुनासो गरे ।
चिनबाट मौसमी सामान आउने भएकाले यसबाट सरकारको राजश्व समेत गुमिरहेको अवस्था रहेको व्यापार संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले जानकारी दिए । अहिले अर्बौ रुपैयाँका सामान चिनियाँ नाकामा रोकिएको उनले बताए । लत्ता कपडा तथा विद्युतिय सामान पनि आउन नसकेको उनको भनाइ । यसबाट नेपालीमा मंहगीको मार पर्ने उनले बताए ।
भिडियो
















