शेयर बजारमा दोहोरो अंकले गिरावट, कारोबार रकम पनि घट्यो
वि.सं.२०८२ पुस १४ सोमवार १५:०६
shares

काठमाडौं, १४ पुस । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.८९ अंकले घटेर २६२२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।















