दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस १६ बुधवार १५:११
shares

काठमाडौं, १६ पुस । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १०.८७ अंकले बढेर २६३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा एसवाइ प्यानल र ङादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन पियोर इनर्जीका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएका छन् भने थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ४.०६ प्रतिशतका दरले कमाएका छन् ।















