Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्धारा नेशनल मनी चेन्जरको इजाजतपत्र रद्द

4.12K
shares

काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकले नेशनल मनी चेन्जरको लाइसेन्स खारेज गरेको छ। केन्द्रीय बैंकको सूचना अनुसार, लाइसेन्स प्राप्त कम्पनीले तोकिएको समयमा आफ्नो लाइसेन्स नवीकरण नगरेको कारणले भारतीय रुपैयाँ कारोबार गर्ने इजाजतपत्र रद्द गरिएको हो।

राष्ट्र बैंकका अनुसार, कम्पनीले “मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७” को विनियम १९ को उप विनियम ३ अनुसार आवश्यक नवीकरण नगरेकाले यो कदम उठाइएको हो।

राष्ट्र बैंकले सम्बन्धित कम्पनी र ग्राहकहरूलाई वैधानिक प्रक्रियाअनुसार सूचित गर्ने र यसबाट कुनै पनि अनियमितता हुन नदिने प्रतिबद्धता जनाएको छ।