Dhulikhel Eco Banner new

१०१२ थान ग्यास सिलिण्डर नष्ट

2.39K
shares

काठमाडौं, १७ पुस । सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिमा एक हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गरी प्रयोग हुन असुरक्षित देखिएका ग्यास सिलिण्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले बताए।

उद्योगमा रहेको त्रिशूल ब्राण्डको लोगो अङ्कित ग्यास सिलिण्डर स्क्रयाप गर्ने निर्णय अनुसार नष्ट गरिएको भुसालले जानकारी दिए। उनका अनुसार २०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्राण्डको एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो।