बैंकिङ कसूरमा फरार पञ्चदेव विनायक नगरपालिकाका शाही पक्राउ
वि.सं.२०८२ पुस १८ शुक्रवार १३:५५
4.55K
shares
shares

काठमाडौं, १८ पुस । ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अर्जुन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने शाही अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २६ वर्षीय हुन् र हाल काठमाडौं रानीपोखरीमा बस्दै आएका थिए। उनी सो मुद्दामा फरार रहेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।



















