Dhulikhel Eco Banner new

हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम भव्य रूपमा सम्पन्न

4.24K
shares

काठमाडौं, १८ पुस । पश्चिम नेपालको प्रमुख होटल हायात प्लेस बुटवलले नयाँ वर्ष २०२६ लाई भव्यतापूर्वक स्वागत गर्दै बहु(प्रतिक्षित कार्यक्रम ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ सम्पन्न गरेको छ।

कार्यक्रम खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा साँझ ७ बजेबाट सुरु भएको थियो। पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक प्रस्तुति र स्वादिला परिकारहरूको आनन्द लिए। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूले पूर्ण आउटडोर अनुभवको मज्जा लिएका थिए।

कार्यक्रमको सुरुवात ‘राग एण्ड रिदम’ ब्यान्डको सुमधुर लाइभ प्रस्तुति, डिनर समयमा स्याक्सोफोन प्रस्तुति र बेली डान्सले भयो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमटिभी स्प्लिट्सभिलाकी चर्चित डीजे सुबुही जोशीले स्टेज सम्हाल्दै बलिउड र कमर्सियल हिट गीतहरूको इलेक्ट्रिफाइङ मिक्स प्रस्तुत गरिन्, जसले पाहुनाहरूलाई डान्स फ्लोरमा नचाएको थियो।

पाहुनाहरूले भव्य बफे डिनर, बारबिक्यु र अनलिमिटेड प्रिमियम पेय पदार्थको मज्जा पनि लिएका थिए। मध्यरातको काउन्टडाउनका साथ समारोहको उत्कर्ष प्राप्त भयो र सन् २०२६ औपचारिक रूपमा स्वागत गरिएको थियो।

हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने, ‘पाहुनाहरूको उत्साहजनक सहभागिताले हामी निकै हर्षित छौं। खुल्ला आकाशमुनि संगीत, खानपान र बुटवलको सुन्दर दृश्यसहितको यो अनुभव नयाँ वर्षको सुरुवातमा सबैका लागि अविस्मरणीय बन्यो।’

हायात प्लेस बुटवल पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल कार्यक्रमहरूमा नयाँ आयाम थप्दै आएको छ र यस कार्यक्रमले होटलको विश्वस्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।