Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ४८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.78K
shares

काठमाडौं, २१ पुस । शेयर बजारमा ६ अर्ब ४८ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँ कारोबार भएको
छ ।
त्यसैगरी श्रीनगर एग्रीटेकको १६ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ भने सागर डिस्टिलरीको १५ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ ।