एकैदिन प्रतितोला ३ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ पुस २२ मंगलवार ११:४२
4.2K
shares
shares

काठमाडौं, २२ पुस । स्थानीय बजारमा मंगलवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार प्रतितोला २ लाख ६५ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार ३ हजार १ सयले बढेर तोलामा २ लाख ६८ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलवार तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कायम भएको छ ।














