सूर्यकुण्ड हाइड्रोको वैदेशिक रोजगारीतर्फको आईपीओ बाँडफाँड
वि.सं.२०८२ पुस २२ मंगलवार १२:३८
shares

काठमाडौं, २२ पुस । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरेको छ।
कम्पनीले पुस ९ गतेदेखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६८ हजार ९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर ७० हजार ४५७ जनाले आवेदन दिएका थिए। जसमध्ये ७० हजार ४४५ जनाको आवेदन स्वीकृत भएको छ भने ७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडअनुसार ६ हजार ८९६ जना आवेदकले न्यूनतम १०र१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये १० जनाले थप १र१ कित्ता पाउँदै कुल ११ कित्ता शेयर हात पारेका छन्। बाँकी ३८ हजारभन्दा बढी आवेदक भने आईपीओबाट वञ्चित भएका छन्।
कम्पनीको आईपीओ बाँडफाँडसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताहरूको उच्च सहभागिता देखिएको छ।













