Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

3.38K
shares

काठमाडौं, २३ पुस । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.३५ अंकले घटेर २६३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।