Dhulikhel Eco Banner new

सरकारको चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा

5.6K
shares

काठमाडौं, २५ पुस । सरकारले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता भने एक खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १८ करोड अमेरिकी डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ५४ करोड अमेरिकी डलरले बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

यसैगरी, समीक्षा अवधिमा सात अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा, अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६८ करोड अमेरिकी डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ९८ करोड अमेरिकी डलरले बचतमा पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बाह्य क्षेत्रका सूचकहरूमा सुधार देखिनुले मुलुकको समग्र आर्थिक स्थिति थप सुदृढ बन्दै गएको संकेत गरेको छ।