Dhulikhel Eco Banner new

मंसिर मसान्तसम्म ७ बैंक तथा वित्तीय संस्थाका शाखा बन्द

5.86K
shares

काठमाडौं, २५ पुस । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका सातवटा शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुदेखि मङ्सिर मसान्तसम्म शाखा सङ्ख्यामा सामान्य कमी आएको देखिएको हो।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) का शाखा कार्यालय ११ हजार ५२६ रहेकोमा २०८२ मङ्सिर मसान्तमा उक्त सङ्ख्या घटेर ११ हजार ५१९ पुगेको छ।

हाल नेपालमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी, ५१ वटा लघुवित्त वित्तीय संस्था र १ वटा पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका छन्।