Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.21K
shares

काठमाडौं, ४ माघ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.१२ अंकले बढेर २६७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ४० करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सागर डिष्टीलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज र गोखार्ज फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी केन्द्रीय वित्त कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले कमाएका छन् ।